इटहरी : इटहरीबाट लागूऔषध कारोवारी गर्नेलाइ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भन्डारीका अनुसार इटहरी ११ बाट लागूऔषध सहित २ जना पक्राउ परेका हुन्।

खनारको बीर मेडिलकल हलका संचालक सहितलाई पक्राउ गरिएको भन्डारीले जानकारी दिए । मोरङको बुढीगंगा गाउँपालिका ७ का राहुल उराव र सुन्दरहरैंचा नगरपालिका ३ का सुमन मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । निट्राभेट ८ ट्याब्लेट, ईनपाईन ३ ट्याव्लेट, स्पास्मो ३ ट्याब्लेट सहित पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई सोधपुछ गर्ने क्रममा इटहरी १० मा संचालित बीर नारायण मेडिकल हलबाट खरिद गरी ल्याएको प्रहरीले जनाएको छ ।

लागुऔषध बरामद भए संगै मेडिकल हल संचालक इटहरी १० का उमेश चौधरीलाई समेत पक्राउ गरेको बताउँदै डीएसपी भन्डारीले इटहरीका अन्य मेडिकल पसलहरुमा पनि लागूऔषध कारोबार हुने गरेकाले आफूहरुले अनुसन्धान गरिराखेको जानकारी दिए ।