झापा: झापाको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

सोमबार राती ८ बजेको समयमा दुधेबाट शिवगंजतर्फ जादै गरेको मे २ प ३५३९ नम्बरको मोटरसाईकले पैदल यात्री झापाको बुद्धशान्ति गाउँपालिका ३ का ४२ बर्षीय ईन्द्रबहादुर दंगाललाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका दंगालको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । मोटरसाईकल र मोटरसाईकल चालक झापाको शिव सताक्षी नगरपालिका ७ का २१ बर्षीय रेमबहादुर बानियालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापाको कमलगाउँपालिका ३ कमलपुल छेउमा बस आफै अनियन्त्रित भइ पल्टिदा एक जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन् । सोमबार राती पौने १२ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको मे १ ख ३०८७ नम्बरको बस आफै अनियन्त्रित भएर पल्टिएको थियो । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी केरखा र ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली दुर्घटनास्थल पुगेको थियो ।

प्रहरीले गम्भिर घाईते झापाको दमक नगरपालिका ८ का २६ बर्षीय शंकर पौदार र सोही नगरपालिका १ का २६ बर्षीय पप्पु चौधरीलाई उपचारको लागी लाइफलाइन अस्पताल दमक पठाएको थियो । उनको अस्पताल नपुगी बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटना भएको बस प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको छ भने बसका चालक र सह-चालक फरार रहेकोले खोजतलास कार्य भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।