सुनसरी: सुनसरीको कोशीगाउँपालिका ४ स्थित जुद्दगंज चोकस्थित सडकबाट १० मिटर दक्षिण कासघारीमा सालनालसहित नवजात शिशुकोशव फेला परेको छ ।

सोमबार राती साढे ८ बजेको समयमा रातो बुट्टेसाडीले पोको पारेको अवस्थामा शिशुको शव फेला परेको हो । स्थानीयले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । अस्थायी प्रहरी पोष्ट शिवचौक कटानबाट प्रहरीको टोली खटिएको थियो भने थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले शवको कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमकालागी जिल्ला अस्पताल ईनरुवा पठाएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।