औजार : आजको औजार दैनिकमा “भारतबाट नेपालमा युवती बेचिदै” शीर्षकको समाचार छापिएको छ । भारतीय महिलालाई मोरङको विराटनगर ल्याएर बेचेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका(१५ रानीमा रहेको हिमालय गेष्टहाउसमा कार्यरत भारत बिहारका ४५ वर्षीय मोहम्मद रियाजलाई केही दिनअघि प्रहरील पक्राउ गरेको हो । रियाजले भारत फार्विसगञ्जबाट काम लगाइदिने प्रलोभन देखाएर एक महिलालाई उक्त गेष्टहाउसमा ल्याएका थिए । तर, प्रारम्भिक अनुसन्धानबाट गेष्टहाउस सञ्चालकसँगको मिलेमतोमा रियाजले ती महिलालाई जवरजस्ती बेश्यावृत्तिमा लगाएको खुलेको प्रहरीले दावी गरेको छ । पक्राउ परेका रियाजमाथि मानव बेचबिखन तथा ओसारपसा (नियन्त्रण) ऐन अनुसार थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “इटहरी चौकमा सानो बाटो बनाएको भन्दै विरोध” शीर्षकको समाचार छापिएको छ । रानी–विराटनगर–इटहरी–धरान सडक अन्तर्गत लामो समयदेखि विवादका कारण रोहिएको इटहरीको मुख्यचौक क्षेत्रमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीमा चौतर्फी विरोध भएको छ । ६ लेन सडक मनपरी मापदण्डमा बनेको भन्दै इटहरीमा विरोध भएको हो । इटहरीको धरानलाइनमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीबासीले विरोध गरेका हुन् । इटहरी क्षेत्रमा मनपरी मापदण्ड कायम गरेको भन्दै इटहरीका सुनिल कार्कीले राज्यका लागि सबै जनता समान हैनन् र ? के सम्पत्ति र पहुँचका आधारमा राज्यले जनतालाई फरक व्यवहार गर्न मिल्छ ? भनी प्रश्न गरे । यस्तै यस्तै प्रश्नले आम इटहरीबासीलाई पिरोलिरहेको छ ।