औजार : आजको औजार दैनिकमा “सुनसरीमा १६ दिवसीय लैङ्गिक बिरुद्धको अभियान सुरु” शीर्षकको समाचार छापिएको छ । सुनसरी सदरमुकाम इनरुवा भरी नै लैङ्गिक विभेदमा आधारित हिंसा विरुद्धको १६ दिने अभियान सेतो रिबन वितरण र प्रभातफेरी गर्दै सुरु भएको छ । मंसिर ९ गते सुनसरी सदरमुकाम इनरुवामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले बालबालिका र महिलाका लागि न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम र संवाद सम्पन्न गरेको छ । अभियान अन्र्तगत मानव अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले १६ दिवसीय अभियान सुरु गरेको बेला इन्सेकले बबियाको सरस्वती माविमा न्यायमा पहुँच विषयक अन्तरक्रिया र संवाद कार्यक्रम सम्पन्न गरेको हो । सुनसरी सदरमुकाम इनरुवा ९ र १० जल्यापुरमा इन्सेक सहितका संस्थाहरुको समन्वय र सहकार्यमा दिवसको अबसरमा न्यायमा पहुँचको विषयमा अन्तरकृया गर्दै अभियान सुरु गरेको जानकारी दिएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “तीन तलाबाट हाम्फालेर बन्दी फरार” शीर्षकको समाचार छापिएको छ । अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका दुई जना बाल विज्याकर्ता (बन्दी) विराटनगर ३ स्थित बालसुधार गृहको झ्याल तोडेर फरार भएका छन् । बाल सुधार गृहको तीन तलामा रहेको झ्याल तोडेर बनदीहरु सोमबार बिहान फरार भएका हुन् । ज्यान मार्ने उद्योग र जबरजस्ती करणी मुद्दामा अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका बालसुधार गृहमा रहेका २ जना बाल बिज्याकर्ता झ्यालको ग्रिल निकालेर फरार भएको पूर्वाञ्चल बालसुधार गृह मोरङका प्रमुख मिलन चौहानले बताए । ज्यान मार्ने उद्योग मुद्दामा झापा गौरादह नगरपालिका ११ का १६ वर्षीय बालक झापा अदालतको २०७६ साउन १६ गतेको आदेशपछि पुर्पक्षका लागि बालसुधार गृहमा रहेका थिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “हतियार प्रहार गरी फरार पक्राउ” शीर्षकको समाचार छापिएको छ । धारिलो हतियार प्रहार गरि फरार रहेका एक युवकलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । गएको असार २२ गते हतियार प्रहार गरि फरार रहेका फक्ताङलुङ गाउँपालिका ४ का ३३ वर्षीय चन्द्र लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । लिम्बुले स्थानीय २० वर्षीय आयुष लिम्बुलाई धारिलो हतियार बाम्फोकले प्रहार गरि घाइते बनाएका थिए । फरार लिम्बु विरुद्ध गत साउन ९ गते ज्यान मार्ने उद्योग अन्र्तगत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका लिम्बुलाई अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।