औजार : आजको औजार दैनिकमा “बर्जुको न्यायिक समिति प्रभावकारी बन्दै” शीर्षकको समाचार छापिएको छ । सुनसरीको बर्जु गाउँपालिकामा रहेको न्यायिक समितिले प्रभावकारी काम गरेकाले समितिप्रति विश्वास बढ्दै गएको पाइएको छ । गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा रहेको न्यायिक समितिले प्रभावकारी मेलमिलाप गराउँदै काम गर्दै आएकाले समितिप्रति विश्वास बढदै गएको हो । न्यायिक समितिकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष संगिता रायले आफुले कसैलाई काखा पाखा नगरी अर्धन्यायिक समिति जस्तो काम गरेकाले समितिप्रति बिढदै गएको बताइन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “तीन पटक शिलान्यास गरिएको घर अझै बनेन” शीर्षकको समाचार छापिएको छ । देशको परिवर्तनका लागि भन्दै सशस्त्र आन्दोलनमा होमिएका झापा गौरादह २ का विष्णु हस्ता २०६० सालमा सेनाको गोलीबाट मारिए । पछि उनलाई शहिद घाोषणा गरियो । उनै शहिद विष्णु परिवार यतिबेला रोग र अभावले छटटपटाइरहेको छ । शहिद हस्ताको माटोको पुरानो घर भत्कँदो अवस्थामा छ । अलिक ठूलो हावा चले बस्न मुस्किल पर्ने जीर्ण घरमा अहिले उनका ६८ वर्षीय पिता रोग र अभावले छट्पटाइरहेका छन् । घरका मूली शहीद पिता मन्सी हस्ता विरामले थला परेका छन् । उपचारका लागि पैसा नभएको परिवारले जनाएको छ । बोल्न समेत नसक्ने मुन्सीको अवस्था दयनीय छ । घरमा खाने अन्न छैन । थलिएका विरामी वृद्धसँग समयमा औषधि खाने पैसा समेत छैन । घर लड्न आटेको छ । शहीद परिवारलाई न्याँ घर बनाइदिने भनेर पार्टी र सरकारले समेत पटक पटक आश्वासन देखायो । तीन पटकसम्म घरको शिलान्यास गरेर ३ सुते रडका १० वटा पिलर गाडिएको छ । तर रडका पिल्लर अहिले मक्किने गरेका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “भयरहित बनाउन ५ सय कर्मचारी, १३ सय सुरक्षाकर्मी परिचालन हुने” शीर्षकको समाचार छापिएको छ । धरान उपमहानगरपालिकाको प्रमुख पद र वडाअध्यक्षका लागि मंसिर १४ गते हुने उपनिर्वाचनमा करिब ५ सय कर्मचारी सहित नेपाली सेना बाहेक १३ सय सुरक्षाकर्मी र ३ सय स्वयंसेवक परिचालन हुने भएका छन् । धरान स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन केन्द्रको पहिलो घेरामा ७ सय ७० जना नेपाल प्रहरी, दोस्रो घेरामा ५ सय शसस्त्र प्रहरी र मोबाईल गस्तिमा आवश्यक्ता अनुसारका नेपाली सेना परिचालन गरिने भएको छ ।