औजार : आजको औजार दैनिकमा “घरजग्गा बेचेर श्रीमती अर्कैसँग फरार” शीर्षकको समाचार छापिएको छ । हाम्रो नेपाली समाजमा विदेश जानुपर्ने संस्कार नै बनेको छ । विदेश जानेहरुको भनाईमा परिवारको खसी कसलाई चाहिदैन र त्यही खुसी खोजी गर्दै देश छाडेर विदेशमा श्रमगर्नुपर्ने र परिवारलाई छाडेर जानु बाध्यता हो । तर यही बाध्यता अन्ततः विदेशीलाई रुन बाध्य पारेका छन् । यस्तै घटना पुनः सुनसरीमा दोहोरिएको छ । वैदेशिक रोजगारमा तीन वर्ष अघि पलायन भएका सुनसरी र रामधुनी नगरपालिकाका मधुरलाल चौधरी अहिले यस्तै घटनाको पीडित भई भौतारिन बाध्य हुनुभएको छ । विदेश बस्दा कमाएको पैसा महिने पिच्छे श्रीमतीलाई पठाउदै आएका चौधरी स्वदेश फर्किदा नत घरमा कुने सम्पति भेटे न त श्रीमतीनै पाए । उहाँ दःखको जीवन काटेर नेपाल आउँदा सम्म उहाँको कमाई मात्र हैन श्रीमती पनि उहाँबाट सम्पर्क विहिन बनिसक्नुभएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “इनरुवा अस्पतालमा बस्दैनन् चिकित्सक” शीर्षकको समाचार छापिएको छ । जिल्ला अस्पताल इनरुवा सुनसरीमा चिकित्सक नहुँदा सेवाग्राहीहरु सेवा नलिई फर्कने गरेका छन् । छात्रवृति करारमा रहेका जिल्ला अस्पताल इनरुवा सुनसरीमा कार्यरत नौ जना चिकित्सकहरु अस्पताल नआउँदा सेवाग्राहीहरु ीनजि क्लिनिक धाउन बाध्य भएका छन् । चिकित्सक नहुँदा प्राथमिक उपचार गराउन अस्पताल आउने सेवाग्राहीलाई समेत रेफर गरिदिने गरिएको छ । जसले गर्दा आर्थिक अवस्था दयनीय भएका विरामीहरुले सबैभन्द बढी सास्ती खेप्नुपरेको छ । जाडो बढेसँगै दैनिक १ सय ५० देखि २ सयको हाराहारीमा जिल्ला अस्पतालमा उपचार गराउन आउने विरामीहरु चिकित्सक अस्पताल नआउँदा निजी क्लिनिकमा जान बाध्य छन् भने आकस्मिक सेवा लिन विराटनगर र धरान धाउने गरेका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “झापामा गोरु तस्करी रोक्न खोज्ने एसपीको सरुवा” शीर्षकको समाचार छापिएको छ । झापामा अवैध रुपमा गाईगोरु तस्करी नियन्त्रण रोक्न खोज्ने एसपी दिनेशराज मैनालीको सरुवा भएको छ । उनको दंगा नियन्त्रण गण्न सुनसरी सरुवाभएको छ । मैनाली झापा आएको १० महिना मात्र भएको थियो । सामान्यतः एक वर्ष पुगेपछि एसपीको सरुवा हुने गर्दछ । उनले फागुन ६ गतेदेखि झापा जिल्लाको एसपीको सम्हालेका थिए । झापा जिल्ला गाईगोरु भारत निकासी गर्ने नेपालकै मुख्य नाकामा पर्छन । झापासँग भारतको विहार र बंगाल राज्य जोडिएको छ ।