काठमाडौं : इटालीको आल्प्सेको भाल सेनेल्समा हिम पहिरोमा परेर दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । स्की खेल्ने क्रममा ३५ वर्षिय एक महिला र उनका सात वर्षे दुई छोरीको मृत्यु भएको हो ।
अष्ट्रियाको सीमा नजिकै पर्ने दक्षिण टायरोलमा भ्याना सेनेल्स हिमश्रृंखलाको दुई हजार ४ सय मिटर उचाइमा स्की खेल्ने क्रममा उनीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ ।
मृतकहरुको शव हेलिकोप्टरमार्फत् निकालिएको अधिकारीहरुले जनाएका छन् । हिम पहिरोमा परेर दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।