औजार : आजको औजार दैनिकमा ‘होम वर्क’ गर्ने बहानामा यौन दुव्र्यवहार शीर्षकको समाचार छापिएको छ । दुई विद्यार्थी छात्रालाई होमवर्क गर्ने बहानामा मोरङको विराटनगरमा प्राध्यानाध्यापकले करणीको प्रयास गरेको सार्वजनिक भएको छ । एक धार्मिक विद्यालयका प्रध्यानाध्यापक –मौलवी) लाई दुई छात्रा माथि यौन दुव्र्यवहार गरेको आरोप लागेको हो । विराटनगर ८ अशोक चोकमा रहेको मदर्सा रजाए मुस्तफा आधाभुत विद्यालयका मौलवी करिब ४० वर्षीय अमरुद्धिन मियाँलाई यौन दुव्र्यवहारको आरोप लागेको हो । मंगलबार र बुधबार १३ र १४ वर्षका दुई बालिकाले यौन दुव्र्यवहार गरेको किटानी जाहेरी प्रहरीमा दिएका छन् । मियाँ भने फरार छन् । अभिभावकको सहयोगमा दुई बालिकाले बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका हुन् । तर ।मियाँ भने घर छाडेर भागेका हुन् । बालिकाको उजुरी परेपछि मौलवीको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा ‘डम्पिङ साइड बेवारिसे, चारेकोशेमा फोहोर’ शीर्षकको समाचार छापिएको छ । इटहरी बजार क्षेत्रमा दैनिक रुपमा उत्पादन हुने फोहोर व्यवस्थापन नहुँदा चारकोशे झाडी डम्पिङ साइड बनेको छ । लामो सकयदेखि बजारको फोहोर जंगलमा फाल्दै आएकोले प्रदुषण बढ्दै गएको छ । इटहरीको फोहोर उठाउने जिम्मा पाएको वेस्ट एण्ड इन्भारो म्यानेजमेन्टले इटहरीमा जम्मा भएको फोहोर चारकोशे झाडीमा फाल्दै आएकोले जंगल क्षेत्रमा प्रदुषण फैलिदै आएको छ । इटहरीबाट प्रत्येक दिन उठाएको फोहोर चारकोशे झाडीमा जथाभावी फालिदै आएको छ । जंगलमा लगर फोहोर फ्ँयाकेको तथा फोहोरको उचित व्यवस्थापन गर्न नसकेको इटहरीका सिसि क्यामेरा व्यवसायी नवराज सुवेदीले आरोप लगाए । अहिले बजारमा फोहोर उठाउने कम्पनीले पनि खेलाँची गरिरहेको उनले बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा इलाममा करोडौंको शितभण्डार प्रयोगविहीन शीर्षकको समाचार छापिएको छ । कृषि उत्पादनका लागि अग्रणी इलामका बासिन्दाले शितभण्डार निर्माण भएर पनि उपभोग गर्न पाएका छैनन् । इलाम सदरमुकाममा निर्माण भएका शित भण्डार सम्पन्न भएको ९ वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । निर्माण भएको आठ वर्ष बित्दा पनि इलाम नगरपालिका ९ को शेरामा बनेको नेपाल भारत मैत्री शितभण्डार सञ्चालन हुन सकेको छैन । भारतीय दुताबासको सहयोगमा ६ करोड रुपैयाँ खर्चेर शितभण्डार बनाइ दिए पनि लामो समयसम्म सञ्चालन नहुँदा नगरपालिकालाई आर्थिक भार बढ्दै गएको छ । महंगा र महत्वपूर्ण उपकरण बिग्रने अवस्थामा ,पुगेका छन् ।