इटहरीे : हिसान स्पोर्टस मिट २०७६ अन्तर्गत फूटबलको उपाधी धरानको एम्स कलेजले जितेको छ । शनिबार बिहान सम्पन्न फाइनल खेलमा दुहबीको महेन्द्र मेमोरियल माविलाई चार सुन्यको गोल अन्तरले पराजित गर्दै एम्स कलेजले उपाधी जितेको हो ।
दुहबी स्थित सरस्वती माबिको खेल मैदानमा सम्पन्न पहिलो हाफमा दुई सुन्यको अग्रता लिएको एम्स कलेजले दोसा्रे हाफमा थप दुइ गोल गरेर उपाधी जितेको हो । शुक्रबार बिहान क्वाटरफाइनलमा सुष्मा गोदावरी कलेजसंग खेलेको महेन्द्रले दिउँसो सेमिफाइनलमा कोशी सेन्टजेम्स कलेजलाई जितेको थियो । अघिल्लो दिन दुइ वटा म्याच खेलेको महेन्द्र मेमोरियलका खेलाडी फाइनलमा थकित देखिन्थे ।
प्रतियोगितामा एम्स कलेजका सुशिल राई उत्कृष्ट खेलाडी, अबिनास गुरुगं उत्कृष्ट गोलकिपर, सुरज तामांग उत्कृष्ट मिडफिल्डर, बिनोद राई उत्कृष्ट फरवार्ड, राजन ओझा म्यान अफ द फाइनल घोषित भए । महेन्द्र मेमोरियलका प्रबिन माझी उत्कृष्ट डिफेन्स र गौतम सिंह दनुवार उदयमान खेलाडी घोषित भए । धरान आदर्शका इशन राई सर्वाधिक गोलकर्ता घोषित हुदा नोबेल एकेडेमी अनुशासित टिम घोषित भयो ।
प्रतियोगिताका बिजेता तथा उपबिजेता खेलाडीहरुलाइ एन्फाका बरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राई, केन्द्रिय सदस्य दिपक राई, एन्फा प्रदेश एकका सचिव नबिन राई, हिसान सुनसरी उपाध्यक्ष पेशल पोखरेल लगायतले शिल्ड तथा मेडल प्रदान गर्नुभयो । माघ ५ गतेदेखी सुरु भएको फूटबल प्रतियोगितामा सुनसरी जिल्लाभरीका २३ वटा बिद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको संयोजन दुहबीको एलेभन एरोज क्लबले गरेको थियो ।
खुल्ला नृत्यको उपाधी धरान आदर्शलाई
हिसान खेल सप्ताहको समापनको अवशरमा भएको खुल्ला नृत्य प्रतियोगिताको उपाधी धरान आदर्श माबिले जितेको छ । शनिबार दिउसो सम्पन्न प्रतियोगितामा धरान आदर्शले अन्य दुई दर्जन बिद्यालयलाई पछि पार्दै उपाधी जितेको हो । प्रतियोगितामा इटहरीको कोशीसेन्ट जेम्स कलेज द्धितीय भएको छ । नेशनल एकेडेमी धरान तेसा्रे र धरानकै एम्स एकेडेमी सान्तवना भएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        