काठमाडौं : अफ्रिकन देश मालीमा भएको आक्रमणमा २१ जना सर्वसाधारणको मृत्यु भएको छ । हतियारधारी विद्रोहीहरुले गाउँमा आक्रमण गरेर स्थानीयको हत्या गरेको बताइएको छ ।
आक्रमणकारीले स्थानीयको हत्या गरेलगत्तै गाउँमा आगजनी गर्नुका साथै लुटपाट समेत गरेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
घटनाको कसैले पनि जिम्मा नलिएको सरकारी अधिकारीहरुले जनाएका छन् । गत मार्चमा भएको आक्रमणमा पनि एक सय ५० जनाको मृत्यु भएको थियो । पश्चिमी अफ्रिकाको सेहल क्षेत्रमा फैलिएको जातिय हिंसाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि संयुक्त राष्ट्रसंघलगायत विभिन्न निकायले चिन्तासमेत व्यक्त गरेका छन् ।
सरकारी अधिकारीहरुले विद्रोही जातिय समूह डोगललाई दोषी ठहर्याएपनि उक्त समूहरुले सरकारी आरोपको खण्डन गर्दै आएको छ । अफ्रिकामा जारी हिंसाका कारण वर्षेनी हजारौं सर्वसाधारण विस्थापित हुँदै आएका छन् ।