धरान : धरानमा मुटुरोग सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघ सुनसरी र नेपाल हृदय रोग निवारण प्रतिष्ठानको संयुक्त अयोजनामा सम्पन्न भएको हो । बुधबार सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा सम्पन्न कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.प्रकाशराज रेग्मीले मुटुरोगका विषयमा जानकारी दिएका थिए । उनले मुटुरोगबाट बच्ने उपाय, उपचार, के खान हुने र के खान नहुने भन्ने विषयमा जानकारी दिएका थिए । उमेर पाको हुँदै जाँदा धेरैलाई मुटु सम्बन्धी समस्या हुने भएकाले यस सम्बन्धी जनचेतना र उपचारमा सहयोग गर्ने उद्देश्यले नेपाल हृदृय रोग निवारण प्रतिष्ठानको सुनसरी शाखा गठन गर्न लागिएको तदर्थ समितिका अध्यक्ष अशोक ताम्राकारले बताए ।

सुनसरी उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको हकहित सँगै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको वाणिज्य सचिव सीताराम आचार्यले बताए ।
सर्जन मुटुरोग विषेशज्ञ डा.प्रेमराज बैद्यले नेपाल हृदय रोग निवारण प्रतिष्ठानको शाखा सुनसरीमा गठन गर्न प्रोत्साहन गरे । धरान जेसीजका अध्यक्ष दिपेन्द्र निरौलाले सहभागीहरुलाई स्वागत गर्दै स्वास्थ्य चेतनाको अभावका कारण धेरैले ज्यान गुमाउनु परेकोले अन्तरकृया कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका संस्थापक अध्यक्ष दिपेन्द्र पुरुष ढकाल, कार्यक्रमका सहयोगी संस्थाहरु जेष्ठ नागरिक मिलन केन्द्रकी अध्यक्ष सरला कायस्थ, सिद्धि नेवाः परिषद्का अध्यक्ष गोकुल प्रसाद श्रेष्ठ, कृति टेलिभिजनका कार्यक्रम निर्देशक मोहन श्रेष्ठ, धरान जसीजका अध्यक्ष दिपेन्द्र निरौला लगायतको उपस्थिति रहको थियो ।