परैबाट नमस्कार गरौँ हात नमिलाऊ, साथी ।
कोरोना लाग्छ सखाप पार्छ उडाई लान्छ माथि ।।
खाना खानु अघि मिची मिची हात धुने गर ।
'आफू बाँचौँ अरूलाई पनि बचाऊ' अभियानमा अघि सर।
पूर्व तयारीका लागि सलाम छ नेपाल सरकार । 
अझ बाँच्नु पर्छ जनता भिडभाड मा जान गर्नु हुन्न हतार ।।
२४ घण्टा सेवा दिने प्रहरी खेपी समस्या विचित्र ।
सबैलाई अनुरोध गरे स्वास्थ्य रहन बसौँ आफ्नै घरभित्र ।।
पत्रकारले ठाउँ ठाउँ को दिएकाछन सचेत बनाउन जानकारी । 
कोरोना लाग्दैन है नेपाली त्यसका लागि गरौँ पूर्व तयारी ।।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































