धरान : नेवारहरुको संस्था नेवार एकता समाजले धरान उपमहानगरपालिकाको फुड बैकमा एक हजार किलो चामल सहयोग गरेको छ ।

नेवार एकता समाज धरान र धरान उपमहानगरपालिकाका विभिन्न वडा समितिहरुको संयुक्त प्रयासमा नेवार एकता समाजले फुड बैकमा सो परिमाणको चामल सहयोग गरेको हो ।

मुलुकको विषम् परिस्थितिमा दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने अति विपन्न परिवारलाई समस्या नपरोस भनेर मानवताको दृष्टिकोणले सहयोग गरेको नेवार एकता समाजका अध्यक्ष राजमान श्रेष्ठले जानकारी दिएका छन् । नेवार एकता समाजले धरानमा विभिन्न सामाजिक कामहरु गर्दे आएको छ।