उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-३ मोतिगडाबाट नियन्त्रीत लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३० बर्षीय रत्नमणी भनीने रोहित चौधरी र ३४ बर्षीय बिसन राईलाई आधा ग्राम नियन्त्रीत लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।