मुम्बई : कोरोना भाइरस विश्वभर फैलिएको छ । यो भाइरसको संक्रमण फैलिन नदिन विभिन्न देशहरुले लकडाउन गरेका छन् । भारतमा पनि २१ दिनका लागि लकडाउन गरिएको छ । यो अवस्थामा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्न बलिउड कलाकारहरु अगाडि सरिरहेका छन् । अभिनेता अक्षय कुमारले गएको हप्ता प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गरेका थिए ।

पुन: उनले बीएमसीलाई तीन करोड रुपैयाँ ससहयोग गरेका छन् । पीपीइ, मास्क र रेपिड टेस्टिङ किट बनाउनका लागि उनले सहयोग गरेका हुन् ।

अक्षयले सामाजिक सञ्जालको माध्यमबाट कोरोना भाइरसप्रति जागरुकता पनि फैलाइरहेका छन् । कोरोनाबाट बच्न घरभित्रै विशेष सावधानी अपनाएर बस्न उनको अपिल छ ।

उनले सोसल मिडियाबाट मुम्बई पुलिसलाई पनि धन्यवाद दिएका छन् । कोरोना भाइरसको त्रासका कारण आफू अभिनीत फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन स्थगित भएपछि अक्षय अहिले घरभित्रै सीमित छन् ।