धरान : धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा सुनसरी उद्योग वाणिज्य संघले बस्तुगत संघ संस्था र पदाधिकारीहरु सहित मिलेर ५००० केजी चामल प्रदान गरेको छ ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष तथा विभिन्न वस्तुगत संघ संस्थाहरुको प्रतिनिधिहरुले धरान उपमहानगरपालिकाका उप प्रमुख मञ्जु भण्डारी सुवेदीलाई उक्त राहत हस्तान्तरण गरेको थियो ।
लकडाउन बढ्दै जाँदा दैनिक ज्यालादारीमा काम गर्ने विपन्नहरुबाट परिवारहरूबाट राहतको माग बडिरहेको धरान उपमहानगरपालीकाले जनाएकाे छ ।