धरान : सिरहाको सिरहा नगरपालिका–२ छोटकी टोलमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।
भारतको मधुवनी घर भइ छोटकी बस्दै आएकी १९ वर्षीया विभा कुमारी रायको आज दिउँसो चट्याङ लागेर मृत्यु भएको हो । बारीमा आँप टिप्न गएको समयमा रायलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता डिएसपी बिनोद घिमिरेले जानकारी दिएका छन् ।
चट्याङ लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




































































