बिर्तामोड : बिर्तामोड झापा प्रहरीले १०० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो सामग्रि सहित एक युवा लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका वडा नं –४ का ३५ बर्षिय रामबहादुर बि .क रहेकाछन।
रदिया स्थित सार्वजानिक बाटोमा साँझ ८ : ३० बजे बि. क माथि शंका लागि दक्षिण आउँदै गरेको बा ४४ प ७७६३ मोटरसाइकल नं चेकजाँच गर्दा उनको साथबाट१०० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो सामग्रि निजले लगाएको निलो हापेनमा कालो प्लाष्टिकमा पोको पारेको अवस्थामा फेला पारेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता साकार राज पन्तले जानकारी दिए ।
निजको मोटरसाइकल प्रहरिले नियन्त्रणमा लिएर थप गरिरहेको प्रहरी अनुसंधान शुरु गरिएको पन्तले जानकारी दिए ।


































































