काठमाडौं : काठमाडौंको सानोभर्याङ्गमा रहेको स्वस्तिश्री गुरुकुल स्कुलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (बीर अस्पताल) एनेस्थेसिया विभागलाई ८० थान ज्याकेट हस्तान्तरण गरेको छ ।
नोबेल कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिने चिकित्सकहरुलाई लकडाउनका बेला आवतजावत र पहिचानमा सहज होस् भन्नका लागि ज्याकेट उपलब्ध गराइएको हो । हस्तान्तरण कार्यक्रममा स्वस्तिश्री गुरुकुल स्कूलका समाजसेवी डा. लुःज मानन्धरले एनेस्थेसिया विभागिय प्रमुख प्रा.डा. शान्ता सापकोटालाई ज्याकेट हस्तान्तरण गर्नुभएको थियो ।
मानिस समाजको एक हिस्सा भएको हुनाले यस्ता सामाजिक काम गर्नाले समाजलाई केहि टेवा पुग्ने समाजसेवी डा.लुःज मानन्धरले बताउनु भयो । उंहाले यस अघि पनि धेरै सामाजिक कामहरु गर्दै आउनु भएको छ।
ज्याकेट बुझ्दै विभागिय प्रमुख प्रा.डा. शान्ता सापकोटाले अहिलेको विषम परिस्थितीमा ज्याकेटले चिकित्सकहरुलाई अस्पताल आउजाउ र सबैले पहिचानमा सहज हुने बताउनुभयो । कार्यक्रममा बरिस्ठ एनेस्थेसियोलोजिष्ट डाक्टर प्रदिप कोइराला, एनेस्थेसियोलोजिष्ट डाक्टर अनुज जंग कार्की, फिजीसियन डा.प्रतिक पौडेल, अस्पताल व्यवस्थापक उमेश खत्री लगायत एनेस्थेसिया विभागका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।