धरान : सुनसरीको रामधुनी नगरपालिका -७ जुडितालमा पौडी खेल्ने क्रममा स्थानीय १७ बर्षीया सिसम राईको डुबेर मृत्यु भएको छ ।
हिजो दिउँसो सवा २ बजेको समयमा उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पलकीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।




































































