धरान : पूर्वी पहाडी जिल्ला पाँचथरको फाल्गुननन्द गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली साहित्यमा इको राइटिङका अभियन्ता स्वर्गीय अमर नेम्बाङ लिम्बूको जन्म जयन्तीको अवसर पारेर फाल्गुननन्द गाउँपालिकाले स्थापना गरेको “एक लाख धनराशिको” ‘स्वर्गीय अमर नेम्बाङ स्रष्टा सम्मान ’ मार्फत तीन जना साहित्यकार सम्मानित तथा पुरस्कृत भएका छन् ।
साउन २३ गते स्व.नेम्बाङको ७९ औँ जन्म जयन्तीको अवसर पारेर वितरण थालिएको ‘स्वर्गीय अमर नेम्बाङ स्रष्टा सम्मान २०७७ ’ बाट ५० हजार नगद र ताम्र पत्र सहित सुनसरी निवासी प्राध्यापक डा. भीम खतिवडा, अमर नेम्बाङ युवा स्रष्टा पुरस्कार२०७७ को नगद ४० हजार र सम्मान पत्र सहित पाँचथर फिदिम १० का मधुराज केरुङ तथा अमर नेम्वाङ नव प्रतिभा प्रोत्साहन पुरस्कार २०७७ मार्फत नगद १० हजार र प्रशंसा पत्र सहित पाँचथर फाल्गुननन्द २ की मञ्जु नेम्बाङ पुरस्कृत भएका छन् ।
पुरस्कृत स्रष्टाहरूलाई, प्रमुख अतिथि लालीगुराँस नगरपालिका तेह्रथुमका प्रमुख अर्जुनबाबु माबोहाङ, विशेष अतिथि पूर्व राज्य मन्त्री तथा संविधानसभा सदस्य श्री प्रसाद जबेगू, फाल्गुननन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्वाङ, नेपालीकांग्रेस पाँचथरका सभापति नरेन्द्र कुमार केरुङ,साहित्यकार प्रकाश थाम्सुहाङ, प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्री , लगायतले बधाई एवं पुरस्कार,सम्मान(पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुका साथै, स्व नेम्बाङका जीवनीका बारेमा चर्चा गरेका थिए ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































