झापा : जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले बालबालिकालाई ‘साइबर अपराध’ सम्बन्धी भर्चुअल सचेतना प्रदान गरेका छन् ।
उनले कोरोना भाइरसको उच्च जोखिमका कारण देश र समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरु न्यूनीकरण गर्नका निमित्त आइतबार भिडियो कन्सफ्रेन्समार्फत बालबालिकालाई ‘साइबर अपराध’ सम्बन्धी सचेतना प्रदान गरेका हुन् ।
एसपी कोइरालाले नगर बाल सञ्जाल दमक, कनकाई, एभरेष्ट बोर्डिङ स्कुल दमक र झापा मोडेल ईङ्लिश बोर्डिङ स्कुल दमकका २२ जना बालबालिकाहरुलाई अनलाईनबाटै भिडियो कन्सफ्रेन्सको माध्यमद्वारा अपराधका घटनाबाट जोगिन अपनाउनु पर्ने तरिकाका बारेमा जानकारी दिएका थिए ।
उनले साइबर अपराधका घटना भएमा प्रहरीसम्म कसरी पुग्ने, कानुनी प्रावधानका बारेमा कार्यालयबाटै जानकारी गराई यस्ता गतिविधिमा बालबालिकाहरुलाई संलग्नता नहुन आग्रह गरेका थिए ।