विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले युवाहरूलाई सकारात्मक सोचका साथ मुलुक र जनता प्रति जिम्मेवार बनाउन नेपाल स्काउटले भूमिका खेल्नुपर्ने बताएका छन् ।

विराटनगरमा नेपाल स्काउटको प्रदेश तदर्थ समितिका सदस्यहरूको दीक्षान्त तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले जताततै नकारात्मक सोच र भावना मात्रै विकास भइरहेको बेला युवाहरूलाई स्वस्थ, जागरूक बनाउन र प्रत्येक स्थानीय तहमा स्काउटलाई पुनर्स्थापित गराउन आग्रह गरे ।

सो कार्यक्रममा नेपाल स्काउट प्रदेश नं। १ का प्रमुख स्काउट एवम् सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले युवा लक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिँदै नेपाल स्काउटलाई सोही अभियानमा जोडिन आग्रह गरे ।

मन्त्री घिमिरेले नवगठित प्रदेश तदर्थ समितिका संयोजक रवि खनाल तथा सदस्यहरू र सल्लाहकारहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले नेपाल स्काउटको उद्देश्य प्रकाश पार्दै प्रत्येक विद्यालयमा स्काउट गठन गर्ने आफूहरूको योजना रहेको जानकारी दिए । उनले स्काउटले समाजमा राम्रो काम गर्दै आएको र विद्यार्थीहरूमा ऊर्जा थप्ने बताए ।

Scaut