काठमाडौँ : अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’यु ट्युबमा सार्वजनिक गरिएको छ ।

चलचित्र ‘क्याप्टेन’लाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । चलचित्र ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

अभिनेता अनमोल केसीलाई पछिल्लो समय नेपाली चलचित्रमा लगानी उठाउने कलाकारको रूपमा हेर्ने गरिन्छ । सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई सदाबहार अभिनेता भुवन केसीले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्माता जिया केसी हुन् ।

चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियङ्का एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा सामीप्यराज तिमिल्सेनाको कथा, निर्देशक दिवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायाङ्कन, सुदिप बरालको डिओपी, दिर्घराज खड्काको सम्पादन रहेको छ ।