पथरी : प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा टेन नवोदय क्लब विजयी भएको छ ।

खेलको १५ औँ मिनेटमा नवोदयका सेनेहाङ लिम्बूको गोलले अग्रता लिएको थियो । निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल थप हुन सकेन । १-० ले अग्रता कायम गरेको नवोदयले खेलको ८२ औँ मिनेटमा थप गोल गर्दै २-० ले देविगञ्ज एफसीलाई स्तब्ध पार्दै ३ अङ्क जोड्यो । दोस्रो गोल नवोदयका १० नं. खेलाडी घनश्याम चौहानले गरेका थिए ।

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरे पनि टेन नवोदयको डिफेन्स लाइनलाई क्लियर गर्न नसक्दा देवीगञ्ज नतिजा सुम्पन बाध्य भयो । देवीगञ्ज एफसीमा पूर्व राष्ट्रिय खेलाडी र बि डिभिजन लिग खेली सकेका खेलाडीहरू भएता पनि कुनै चमत्कार गर्न नसक्दा हार व्यहोरे ।

प्रस्तावित पथरी रङ्गशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच टेन नवोदयका खेलाडी सेनेहाङ लिम्बू घोषित भए । लिग कम नक आउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।

आइतबारको खेल वाइ.जी.एफ.टी र दि रियल ब्रदर्श बिच हुने आयोजक कमिटीले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उप विजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्