इटहरी : इक्यान पूर्वाञ्चलले आफ्नो चौथो वार्षिक साधारण सभा इटहरीको गोकुलम रिर्सोटमा सम्पन्न गरेको छ ।
इक्यान पूर्वाञ्चलका अध्यक्ष रोशन निरौलाको अध्यक्षतामा सम्पन्न साधारण सभाले आफ्नो वार्षिक प्रतिवेदनहरू समेत पारित गरेको छ ।
इक्यान पूर्वाञ्चलका उपाध्यक्ष प्रकाश लकान्द्रीले सञ्चालन गरेको कार्यक्रममा शैक्षिक परामर्श सङ्घका केन्द्रीय पूर्व अध्यक्ष विष्णुहरि पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
पूर्वाञ्चलभरि इक्यान सदस्यहरूको उपस्थिति रहेका कार्यक्रममा शैक्षिक परामर्श सङ्घका केन्द्रीय महासचिव, प्रथम, द्वितीय तृतीय उपाध्यक्ष लगायतको समेत उपस्थिति रहेको थियो ।
सहभागी तथा अतिथिहरूलाई अध्यक्ष रोशन निरौलाले मायाको चिनो प्रदान गरेका थिए ।







































































