धरान : धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका कक्षागत उत्कृष्ट विद्यार्थी तथा खेलकुदमा विजयी भएकाहरूलाई पुरस्कृत समेत गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य तथा साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी तथा अभिभावकको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवसर पारेर सप्ताहव्यापी खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरू, वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने छात्र/छात्राहरुलाई कार्यक्रममा प्रमुख अतिथि लेखीराज सुब्बा र सभापति लोकेन्द्र श्रेष्ठ लगायतका अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा मोहन पोखरेल, फाडिन्द्र थापा, रामसोभित यादव, सुनिता न्यौपाने लगायत शेयर सदस्यहरू मनोज खनाल, दधिराम आचार्य, दिलिपकुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।