चतरा : बराहक्षेत्र-३ महेन्द्र माविको खेलमैदान न्यु जेनेरेसन क्लबद्वारा जारी दोस्रो न्यु जेनेरेसन च्यालेन्ज कप २०७७ फुटबल प्रतियोगिताको उपाधि आयोजक रातोले जितेको छ।
आइतबार भएको फाइनल खेलमा शान्तिनगर फुटबल क्लब इटहरीलाई ० विरुद्ध ३ गोलले पाखा लगाउँदै आयोजक रातोले ५१ हजार १ सय ११ रुपैयाँ साथै ट्रफी मेडल प्रमाणपत्र हात पारेको छ ।
आयोजक रातोका जर्सी नम्बर ११ विवेक राईलाई खेलको ६ मिनेटमा डी एरिया भित्र शान्तिनगर फुटबल क्लबका खेलाडीले फउल गरी लडाए पछि पाएको पाएको अवसरलाई आयोजक रातोका जर्सी नम्बर ७ सुनिल खड्काको प्रहार सिधै गोल हुँदै पहिलो खाता खोलेका थिए ।
खेलको ७ मिनेटमा आयोजक रातो जर्सी नम्बर ५ खेलाडी साथै क्याप्टेन जीवन धामी गोल गर्दै पहिलो हाफ सम्म ०-२ गोल सहित आयोजक रातोले अग्रता लिएको थियो ।
दोस्रो हाफमा पनि शान्तिनगर फुटबल क्लबलाई आयोजक रातोले कुनै गोल गर्ने अवसर दिएन। दोस्रो हाफको १८ मिनेट आयोजक रातोका जर्सी नम्बर ५ क्याप्टेन जीवन धामीको पासलाई जर्सी नम्बर १४ कृष्ण थापाले गोल गर्दै खेल लाई ०-३ गोल गर्दै खेल जित्न सफल भएको छ।
यता शान्तिनगर फुटबल क्लबले गोल फर्काउने केही अवसर लाई सदुपयोग गर्न नसक्दा शान्तिनगर ले हार खेप्दै दोस्रो पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाउनुपर्यो ।
खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्न सफल आयोजक रातोका जर्सी नम्बर ७ सुनिल खड्का खेलको म्यान अफ द म्याच घोषित भए । उनले एक हजार १ सय प्राप्त समेत गरे । वेस्ट गोलरक्षक आयोजक रातोका पारस कटुवाल, वेस्ट मीड फिल्डर आयोजक रातोका जर्सी नम्बर ११ विवेक राईले, वेस्ट फर्वड शान्तिनगरका जर्सी नम्बर १० सुसन लामा, वेस्ट डिफेन्स आयोजक रातोका जर्सी नम्बर ४ अशोक खवास घोषित भए । ऊनीहरूले जनही १५ सय प्राप्त गरे
वेस्ट प्लेयर आयोजक रातोका जर्सी नम्बर ५ क्याप्टेन जीवन धामी घोषित भए उनले २५ सय हात पारेका थिए ।
उक्त खेललाई बराहक्षेत्र नगरपालिका कार्यालय संरक्षण रहेको छ भने ३ नम्बर वडा कार्यालयको प्रायोजक रहेको आयोजक क्लबका अध्यक्ष अजित राजधामीले जानकारी दिए ।