पथरी  :राघब आचार्यले चलचित्र ‘ए साथी सुन’ मार्फत निर्देशकमा डेब्यु गर्ने भएका छन् । बिहीबार चलचित्रको शुभ मुहूर्त गरिएको छ । महाशिवरात्रीको अवसरमा खोकना कार्यबिनायक मन्दिरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो । म्युजिक भिडियो र छोटा चलचित्र निर्देशन गरेका आचार्यले पहिलो पटक फिचर फिल्म निर्देशन गर्न लागेका हुन ।

विना कार्कीको निर्माणमा बन्ने चलचित्रमा नायिका वर्षा सिवाकोटी र नव-नायक रमेश बानियाँ, जयनन्द लामा, सुशील पोख्रेल, रमेश अधिकारी, प्रतीक्षा शाह चन्द, सुभाष शाहको अभिनय रहने छ । यही चलचित्र मार्फत रमेश बानियाँले समेत फिचर फिल्ममा नायकका रूपमा डेब्यु गर्दैछ्न ।

सुदिप कुँवरको मुख्य सहायक निर्देशन रहने चलचित्रको छायाङ्कन मानकृष्ण महर्जनले गर्नेछन् भने चलचित्रमा किरण भुजेल, अन्जु पन्त पार्श्व गायन रहनेछ ।

फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, कुमार महर्जनको द्धन्द निर्देशन, रहने छन ।

चैत्र ४ बाट फ्लोरमा जाने चलचित्र सामाजिक र प्रेमकथामा बन्न लागेको निर्देशक आचार्यले जानकारी दिए ।

हेटौँडा र वीरगन्जका विभिन्न क्षेत्रमा चलचित्र छायाङ्कन हुनेछ ।