धरान : वडा स्तरीय खुल्ला नृत्य प्रतियोगितामा रिस्ता याख्या प्रथम बनेकी छिन्।

जनजागृति समाज धरान-१३ ले प्रत्येक महाशिवरात्रिका दिन आयोजना गर्ने वडा स्तरीय खुल्ला एकल नृत्य प्रतियोगितामा यस वर्ष याख्या प्रथम बनेकी हुन्। यस्तै प्रतियोगितामा द्वितिय तृतीय र सान्त्वना क्रमशः अंशु लिम्बू ,सुभना राई र प्रनिशा राई भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले प्रथम हुने याख्यालाई नगद,ट्रफी र प्रमाण पत्रद्वारा सम्मान प्रदान गरे । विजेताहरू सबैलाई नगद ट्रफी र प्रमाण पत्रद्वारा सम्मान प्रदान गरिएको थियो।

धरान-१३ स्थिति आफ्नै भवनमा सम्पन्न नृत्य प्रतियोगितामा धरान-१३ न वडाको प्रायोजन रहेको कार्यक्रममा निर्णायकमा नृत्य निर्देशिका सरस्वती योगि र गरिमा डान्स सेन्टरका निर्देशक मणिकुमार लिम्बू रहेका थिए ।

समाजका अध्यक्ष विष्णु चौलागाईंको अध्यक्षतामा भएको उक्त कार्यक्रममा १८ जना प्रतियोगीले सहभागी जनाएका थिए भने कार्यक्रमको सञ्चालन समाजका सचिव प्रदीप प्रधानले गरेका थिए ।