धरान :  नायिका रेखा लिम्बु र गायक तथा मोडल कन्चन थलङले अभिनय गरेको ‘चिसो चिसो छ मौसम’ सार्वजनिक भएको छ ।

एक वर्षअघि कञ्चनकै शब्द, सङ्गीत र स्वरमा सार्वजनिक भएको गीत हालै फिमेल भर्सनमा गायिका मेलिना राईको स्वरमा सार्वजनिक भएको हो ।

यो गीत पछिल्लो समय टिकटकमा समेत हिट छ । मेलिनाले समेत आफ्नै टिकटक एकाउन्टमा टिकटक बनाएर पोष्ट गरेकी छिन्। कञ्चनले यसअघि २ दर्जन भन्दा बढी गीत गाएका छन् भने धेरै गीतमा शब्द र सङ्गीत पनि भरेका छन् ।

लिम्बुवान आइडलबाट चिनिएका कञ्चन पछिल्लो समय काठमाडौं बसेर सङ्गीत कर्म गरिरहेका छन् । काठमाडौँमा रहेर गायनमा सक्रिय भइरहेका छन।

उक्त भिडियो काठमाण्डौँको रानिकोट भवनपुर स्थित पनौतीको सिमानामा रहेको भिलेज हाइलान्ड रिसोर्टमा छायाङ्कन गरिएको छ । भिडियो कन्चन थलङलेकै युट्युबमा रहेको छ ।