धरान : गणेशमान सिंह स्पोर्टस कमिटी प्रदेश १ को संयोजकमा अभिषेक श्रेष्ठ नियुक्त भएका छन् ।
उनलाई प्रदेश १ मा कमिटीलाई पूर्णता दिई खेलकुदका गतिविधि सञ्चालनमा सहयोग पुर्याउने जिम्मेवारीसहित संयोजक नियुक्त गरिएको हो ।
गणेशमान सिंह पुर्याउने कमिटीका संयोजक सञ्जीव तुलाधरले श्रेष्ठलाई प्रदेश १ को संयोजकको जिम्मेवारी सुम्पिएका हुन् । तुलाधरले शुक्रबार संयोजक श्रेष्ठलाई नियुक्तिको पत्र पनि हस्तान्तरण गरेका छन् ।
अभिषेक श्रेष्ठले यसअघि गणेशमान सिंहको स्मृतिमा आयोजना हुँदै आएको बक्सिङ प्रतियोगितामा प्रदेश १ को संयोजकको भूमिका निर्वाह गर्दै आएका छन् ।
गणेशमान सिंह स्पोर्ट्स कमिटी गठन भएपछि खेलकुदका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ । स्पोर्ट्स कमिटीकै आयोजनामा शनिवार ‘वीर गणेशमान सिंह टेनके रोड रेस आयोजना हुँदैछ ।
यस्तै गत फागुनमा काठमाडौँको स्युचाटारमा आयोजना भएको बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगितालाई पनि कमिटीले विशेष सहयोग गरेको थियो ।
कमिटीले सन् २०२१ को वार्षिक क्यालेन्डर नै प्रकाशित गरी विभिन्न कार्यक्रम गर्ने कमिटीका संयोजक तुलाधरले जानकारी दिए ।