धरान : धरान-३ मा रहेको सगरमाथा एस.डी.कलेजले शनिवार आयोजना गरेको मिस एण्ड मिस्टर सगरमाथा प्रतियोगीतामा अमिसा सुनुवार र खेम राई क्रमशः मिस्टर र मिस सगरमाथा घोषित भए।
धरान-१८ स्थित ब्रिटिस कम्युनिटी हलमा भएको प्रतियोगीतामा पुष्पा राई मिस सगरमाथाको फस्ट रनरअप र मिस ट्यालेन्ट घोषित भइन। त्यस्तै सपना तामाङ र करुणा विश्वकर्मा क्रमश: मिस डिस्सिप्लिन र मिस एक्टिभ घोषित भए।
प्रतियोगीताको निर्णायकहरूमा सञ्चारकर्मी तीर्थ कार्की, सञ्चारकर्मी एवम् होटेल डोभका सञ्चालक विशाल रसिक राई, मोडल एवम् कोरियोग्राफर मेरिना तुम्सा र नृत्य प्रशिक्षक विक्रम शंकर रहेका थिए।
बिद्यार्थीहरुमा रहेकी अन्तर्निहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना गरेको कलेजका प्रिन्सिपल सन्तोष राईले बताए।
यसैबिच कलेजमा अध्ययनरत कक्षा-११ बिद्यार्थीहरुलाई स्वागत गरिएको थियो भने कक्षा-१२ का बिद्यार्थीहरुलाई बिदाइ गरिएको थियो।
समाजसेवी सर्बजित राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलेजका कोअर्डिनेटर विशाल राई, नोबेल एकेडेमीका प्रिन्सिपल रबिन न्यौपाने, प्यारिटी एजुकेसनका सञ्चालक प्रमोद कटवाल लगायतको उपस्थिति रहेको थियो।
कलेजका भाइस प्रिन्सिपल देवराज रेग्मीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन बिद्यार्थीहरु रजनी तुम्सा र राहुल विश्वकर्माले गरेका थिए।


































































