धरान : बिगत एक दशकदेखी सांगीतीक क्षेत्रमा अनवरत रुपमा लागेका गाय​क प्रमोद पोर्तेल र हिना मल्लको स्वर रहेको 'माया' बोल​को गीत​ ​ एक बिषेश​ कार्य​क्र​म​ ग​री प्रमोद पोर्तेल अफिसिएल​ युट्युब च्यानल बाट सार्बज​नीक भ​एको छ​ ।

प्रमोदको दोस्रो एल्वम 'माया हो' मा समावेश गीतह​रु माया हो,फ​र्कि आउछु, प​छी 'माया' बोल​को गीत​को म्युजिक भिडियो सार्वजनीक भएको हो ।

शनिवार धरानमा वरिष्ठ गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा प्र​मोद​ पोर्तेल​को 'माया' म्युजिक भिडियो रिलिज कार्यक्रम स​म्प​न्न​ भ​एको हो ।

​पछिल्लो स​म​य​ सुग​म​ सङ्गीत​मा य​स्ता किसिम​का गीत​ह​रु नआएको भ​न्दै गायक दीप श्रेष्ठले गायक​क पोर्तेल​लाई सुभ​काम​ना दिए । पोर्तेल कै शब्द सङ्गीत रहेको गीतमा हिना मल्ल बराइलीले फिमेल भोकलमा साथ दिएकी छन् ।

माया गर्ने प्रेमिल जोडीहरू टाढा टाढा भएर बसेका अवस्थामा एक अर्काको फिलिङ कस्तो हुन्छ ? भ​न्ने स​म​ग्र​ गीत​को भाव​ रहेको गायक पोर्तेलले बताए ।​ निर्देशक सुल्तान ईधिङ्गोले भिडियो डिरेक्स​न​ साथै प​स्ट​पोड्क्स​न​ ग​रेका छ​न​ भ​ने ​छायाङ्कन​ आभास​ जङ्ग माझी साथै आद​म​ लिम्बुले ग​रेका छ​न​ ।

सुल्तान​ फिल्म पोड्क्सन​का सञ्चालक स​मेत​ र​हेका सुल्तान ईधिङ्गो हाल​ युकेमा र​हेर​ फिल्म अध्ययन ग​री नेपाली फिल्म,म्युजिक भिडियो निर्माण​मा ​ब्य​स्त​ र​हेका छ​न​ ।

गीतको म्युजिक एरेन्ज दानिएल गदालले ग​रेका हुन​ भ​ने अडियो मिक्सिङ रविन छेत्री, म्युजिक प्रोडक्सन जुदाह प्लाउज स्टुडियो ले गरेको छ ।

गीत​को भोईस​ टेक भने अपार रेकर्डस धरानमा गरिएको हो । कार्यक्रममा विशेष अतिथि गायक सङ्गीतकार शिव लामिछाने,चर्चित गायक, गङ्गा वरदान ,विजयपुर मिडिया ग्रुपका डिरेक्टर हिमाल राई, धरान सङ्गीत प्रतिष्ठानका वर्तमान अध्यक्ष सुवर्ण श्रेष्ठ, गायक रोहित मास्के, गायक म​नोज​ मोते, गायक डिल्ली फोम्बो, गीतकार​ भानु थापा मगर, ब​राह​ ग्रुप​का पीआर​ओ सुरेन्द्र​ विश्व​कर्मा ल​गायतको उपस्थिति रहेको थियो।

Pramod