धरान : धरानमा छायाङ्कन गरिएको रचनाकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’ भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

चर्चित नायक पल शाह, सहारा राई र शशि राईको अभिनय रहेको म्युजिक भिडियोमा सत्यराज आचार्य र मलिना राईको आवाज रहेको छ । दिनेश बान्तवाको सङ्गीत रहेको म्युजिक भिडियो ओएस आर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । यस अघि म्युजिक भिडियोको ट्रेलर मात्र सार्वजनिक गरिएको थियो ।

भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोको निर्देशन जनकदिप पराजुली, छायाङ्कन सागर प्रधान र भिडियोको सम्पादन धुर्बराज पराजुली ‘प्रज्वलित’ ले गरेका हुन । म्युजिक भिडियो भने धरानकी नृत्य निर्देशक मनिता राईले कोरियोग्राफी गरेका छन् ।

धरानलाई व्यास बनाएर रचना गरिएको गीतको शब्द अनुसार नै म्युजिक भिडियोको छायाङ्कन धरानमा गरिएको भुमिसा प्रोड्क्सनका प्रमुख ज्योतिराज राईले बताए । उत्कृष्ट वनेको म्युजिक भिडियोमा अभिनेता पल शाहलाई अन्य भिडियोमा भन्दा फरक रूपमा प्रस्तुत गरिएको राईले बताए । केही दिन अघि मात्र सार्वजनिक गरिएको टिजरलाई भने दर्शकले रुचाएका छन् ।

रचनाकार अमर वान्तुले अहिले सम्म दुई दर्जन भन्दा बढी गीत रचना गरिसकेका छन् । यस अघि उनले रचेका १५्र वटा गीतको म्युजिक भिडियो बनिसकेको छ भने कार्टुन क्रुजले अभिनय गरेको शिल्की शिल्की म्युजिक भिडियोको ५० लाख भन्दा बढी युट्युब भ्युवर्स पाईसकेको छ ।