कोरोना महामारी हौ वा आतंककारी हौ ?
संसारलाई आफ्नो कब्जामा लपेटेर 
आगोको ज्वालाले फलाम तताए जस्तै
बिश्वलाई गरमागरम तताएको छौ 
दैनिक लाखौ मानिसलाई संक्रमण सारेर
हजारौ हजारको ज्यान लिएर उत्पात मच्चाएको छौ ।
मैले बुझ्नै सकिन सोच्न सकिन 
तिम्रो जन्मसँगै संसारमा 
महाकष्टदायी जीवन बिताउनु परेको छ 
सबै क्षेत्रमा परेको अस्तव्यस्ततामा 
कोही तिम्रै हतासले मरे, कोही तिम्रै वतासले मरे
कोही तिमिले निम्त्यिाएको भोको क्रन्दन मरे
किन तिम्रो नाम सुन्दैमा यत्रो त्राहीत्राही ?
महामारीको यो जोखिम अवस्थामा 
कयौ परिवारको अस्तित्व मेटिएको छ
कयौ परिवारको सम्पर्क टुटेको छ 
यो सबै सबै तिमीबाटै सिर्जित महा-आतंक हो
यस्ता महामारी हिजोको दिनमा पनि थियो होला
यस्तै महामारी भोलीको दिनमा पनि आउन सक्ला
हिजोका महामारीमा न त यत्रो त्रास थियो 
न त मानिसलाई यती धेरै चिन्तामा लपेटको थियो 
न त हामीसंग महामारीको सुचना सुन्न सक्ने
घरमा रेडियो टेलीभिन थियो न त हातमा मोवाईल थियो
तर पनि मान्छेले आफ्नो सवधानी अपनाएकै थिए 
आज सबै घरमा रेडियो छ टेलिभिन छ 
रेडियोले फुकेकै छ टेलिभिजनले देखाएकै छ
प्राय: सबैको हातमा मोवाईल छ 
मोवाईलमा कल गर्दा कोरोनाकै सुचना छ 
फेसबुक, युटुव, भाईवर, ईन्स्टाग्राम खै के के मा हो
सबैमा जनचेतनाकै सुचनाहरु फुकेको छ 
तर पनि ति आवाज के को लागि हुन ?
जनचेतना जगाउन वा आतंक मच्चाउन ?
उत्तर होलान निश्चय त्यस्को पनि 
तर खै हामी संसारको सर्वश्रेष्ठ मानव जातीले बुझेको ?
जनचेतना जगाउन रेडियोले फुक्छ टेलिभिजनले देखाउछ
फेसबुकमा देख्न पाईन्छ यूटुवमा हेर्न पाईन्छ
हजारौको संख्यामा आफ्नो ज्यानको पर्वाहा नगरि 
जनताकै सुरक्षामा प्रहरी खटिएको छन
सुचना प्रवाहको लागी फ्रन्ट लाईनमा 
कलम र क्यामेरा बोकेर पत्रकार खटिएका छन
आफ्नो स्वास्थ्यको ख्यालै नगरी स्वास्थ्यकर्मी खटिएका छन ।।
तर ............................
यस्तो महामारीमा पनि हामी जनता कती लापरवाही छौ 
सुचनालाई वास्ता गर्दैनौ, निषेधाज्ञाको पालना गर्दैनौ
सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तमाम पत्रकारको आवाज
साच्चै वेवास्ता गरेका छौ
आखिर हाम्रै वेवास्ताको कारणले
कोरोना तिमिले संसारलाई आफ्नो कब्जामा लिदैछौ 
यहाँ कयौ मनहरुमा तिम्रै डर अनि आतंक छ
अब मरिने भो भन्ने भावनाले मानव मन मुटुमा
गहिरो असर परेको छ, त्रास बढेको छ 
साच्चै भन्नु पर्दा तिम्रो आक्रमण भन्दा बढी
त्रासको कारण मानवले संसार छोडदैछ 
बाँच्ने रहर सबैलाई हुन्छ, सावधानी पनि लिएकै छ।
तर ..............................
हामी मानवकै असावधानीले संसारभरी
तिम्रै नामले आतंक फैलाएको छ
हामी जित्ने छौ तिमिलाई, तिमिले हार्ने छौ मानवसंग
परास्त हुने छौ एकदिन तिमि संसारबाट
त्यस दिन मानव जगतले खुसीयाली मनाउने छ
जव तिम्रो यस संसारबाट अन्त्य हुनेछ ।
प्रेम श्रेष्ठ "विवश"
खोटाङ : हाल धरान सुनसरी
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































