धरान : गायक शिव परियार र गायिका रचना रिमालको स्वरमा ‘सुनको चन्द्रमा’ बोलको गीत सार्वजनिक भएको छ।

दीपक शर्माको संगीत रहेको यो गीतमा पुष्प आचार्यको शब्द छ । सङ्गीत संयोजन ओम सुनारको रहेको यो गीतको भिडियोमा शङ्कर वीसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दमन्ता, डाक्टर प्रतीक्षा पौडेलको अभिनय हेर्न सकिन्छ।

यो गीतको छायाङ्कन पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदीमा गरिएको छ ।गीतको भिडियोमा थारु संस्कृती, बोटे संस्कृती, हात्ती सफारीलाई पनि देखाइएको छ।

शङ्कर वीसीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई रवि एन्ड उषा मिडियाले निर्माण गरेको हो । दुर्गा पौडेलको छायाङ्कन रहेको गीतको भिडियोमा नविन घर्ती मगरको सम्पादन छ ।

गीतका सह-निर्देशक नरेशवीर सिंहको छ। भिडियो निर्माण रवी एण्ड उषा मिडिया प्रा.ली. ले गरेको हो ।

लकडान बिचमा सार्वजनिक भएको यो गीतमा गायिका रचनाले आफ्नो टिकटकमा यो गीत टिकटक समेत बनाएर लगाए पछि टिकटकमा पनि हिट भएको छ।