चर्चित अमेरिकी गायिका लेडी गागाले बलात्कारको शिकारपछि गर्भवती बनेको खुलाएकी छन् । आफू १९ वर्षको हुँदा एक संगीत प्रोड्युसरबाट बलात्कारको शिकार भएको थिइन् । ती प्रोड्युसरले कपडा खोल्न नमाने म्युजिक एल्बमहरू नै जलाइदिने चेतावनी दिएका थिए।

गागाले भनिन्, 'उनले बलात्कारपछि कुनामा लगेर छाडे, म वान्ता गरिरहेको थिएँ र बिरामी थिए ।’ उनले वर्षौंपछि यस चोटका कारण आफूमा पूर्णत मानसिक समस्यामा देखिएको बताइन् । आफूलाई यस पीडाबाट मुक्ति पाउन लामो समय लागेको सुनाइन्।

उनले भनिन्, 'म त्यसपछि पहिलेजस्तो केटी रहिन । मैले धेरै एमआरआई र स्क्यान गरे । तर एकपटक दुव्र्यवहार भएपछि शारीरिक र मानसिक रुपमा ठूलो पीडा हुने रहेछ ।'

३५ वर्षीय गागाले लामो प्रयासपछि आफूलाई सम्हाल्न सिकेको र बिस्तारै परिवर्तित भएको सुनाइन् । उनको वास्तविक नाम स्टेफानी जेर्मानोट्टा हो । ओप्रह विन्फ्रे र प्रिन्स ह्यारीको न्यु एप्पलस प्लस सिरिज ‘द मि यु कान्ट सी’ को पहिलो एपिसोडमा उनले आफ्नो विगतको खुलासा गरेकी हुन् ।

यसबारेमा बताइरहँदा उनी रोएकी थिइन् । उनले आफ्नो संगीत करिअरको सुरुवात्मा यस्तो नमिठो घटना भएको सुनाइन् । उनी विश्वमा सबैभन्दा धेरै रुचाइएकी गायिकामा पर्छिन् ।

गायनका कारण उनले १२ पटक ग्रेमी अवार्ड जितिसकेकी छन् । त्यस्तै, उनले आफ्नो नाममा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा थुप्रै कीर्तिमान लेखाएकी छन् ।