धरान : गायिका एलिना चौहानको स्वर र अभिनय रहेको 'अभागी धोकेबाज-२’ सार्वजनिक म्युजिक भिडियो सार्वजनिक भएको छ।

धोकेबाजको चर्चा सेलाउन नपाउँदै 'अभागी धोकेबाज-२' सार्वजनिक भएको हो। यस गीतमा गायिका एलिना चौहानको अभिनयले सबैको मन जितेको छ ।

यसअघि एलिना चौहानको स्वर, कार्की जी सुवासको सङ्गीत, सुवास र लक्ष्मी गिरीको संयुक्त शब्द सृजनामा केही समय अगाडि बजारमा आएको 'धोकेबाज'ले आम दर्शक श्रोताको मन जिते पछि धोकेबाज-२ पुन: बजारमा आएको हो।

धोकेबाज-२ मा जीवन बडूको सङ्गीत, विक्रम चौहानको निर्देशन, दीपक गिरिको छायाङ्कन र मिलन विश्वकर्माले म्युजिक भिडियो सम्पादन गरेका छन्।

म्युजिक भिडियोमा कार्कीजी सुवास, एलिना र बादल सिङ ठकुरी लगायतका कलाकारको अभिनय रहेको छ।

एलिनाले यस गीतमा गरेको अभिनयको भरपुर चर्चा टिकटक, युट्युब, फेसबुक र इन्स्टाग्राले बटुलेको छ। उनको पेटमा गहिरो चोट लागेकाले सन्तान नभएको कुरा र यस गीतको शब्द र स्लो सङ्गीतको सम्मिश्रण औधी मन परेको गायक दीपक पाठक बताउँछन्।

एलिनाले फोन सम्पर्कमा भनिन म्युजिक भिडियो समाजमा यर्थाथ झल्काउने भएको भनेर आफू भन्दा सिनियरहरुबाट राम्रो रेसपोन्स दिँदा मलाई गीत सङ्गीत सँगै अभिनयलाई पनि जारी राख्नु उत्प्रेरणा मिलेको ।

म्युजिक भिडियो नमस्ते प्लसको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । टिकटकमा पनि एलिनाले भिडियो बनाएर लगाएकी छिन् ।