काठमाडौं : मुलुकका धेरै क्षेत्रमा निषेधाज्ञा जारी रहे पनि म्युजिक भिडियोहरू आइरहेका छन्। यसै क्रममा गीतकार डब्बु क्षत्रीले आफ्नो नयाँ गजल (गीत) अँधेरीमा थिएँ म...को भिडियो बजारमा ल्याएका छन् । यो गीतको भिडियोलाई ओएसआर मूभिको युट्युब च्यानलबाट रिलिज गरिएको छ।

सुवर्णको कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ । यसमा सुवर्णलाई सरिता भारती, दीपा कोइरालाले साथ दिएका छन् । गीतमा सङ्गीत र सङ्गीत संयोजन पनि सुवर्ण कुमारकै रहेको छ । यो गीत निकै मिठो बनेको छ ।

भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरसहितको अभिनय छ । यो भिडियोको छायाँकार रामशरण उप्रेती, सम्पादक सुरेश कुमार राउत रहेका छन् ।

गीतको भिडियो निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन् । यसमा दिलमाया मगरको ड्रेस डिजाइन, दीपक लामगाडेको सेट डिजाइन, श्याम बरालको शृङ्गार रहेको छ।

कथा अनुसार आफूले मन पराएको युवासँगको सम्बन्ध छुटाएर अन्य युवासँग विवाह गर्न खोजेपछि ती युवतीले आत्महत्या गरेको कथा यसमा प्रस्तुत गरिएको छ । जसमा ती युवतीको यादले प्रेमीलाई सताइरहन्छ ।

प्रेम वियोगमा परेका ती प्रेमीको भावलाई यो गीतको भिडियोमा समेटिएको छ । भिडियो निकै आकर्षण बनेको छ।