धरान : धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत  चिसो चिसो हावा चल्यो" विश्व सङ्गीत दिवस "को अवसर पारी सार्वजनिक गरेका छन्।

आफ्नै युट्युब च्यानल मार्फत "लिरिकल भिडियो "को रूपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द-सङ्गीत समेत रहेको छ।

जेम्स प्रधानले सङ्गीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ धरानको भावना स्टुडियोमा गरिएको हो।

धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बसाई पछि विगत ५ वर्ष देखि धरानमै आफ्नो व्यवसायसँगै फुर्सदको क्षणमा सङ्गीतमा समेत समय दिने गर्दछन्। धरानमा हुने विभिन्न साङ्गीतिक कार्यक्रममा समेत भाग लिई रहने गायक मास्केले "चिसो चिसो" बोलको गीत पनि धेरै पल्ट गाइसकेका छन्।

एक वर्ष अघिको कोभिड महामारीमा केही गीतहरू सार्वजनिक गरेका गायक मास्केले एक वर्ष पछि नयाँ गीत सार्वजनिक गरेका हुन्। यही गीतको छिट्टै म्युजिक भिडियो समेत बनाउने तयारीमा छन् गायक रोहित मास्के।