धरान : गायक डिल्ली फोम्बोले लिम्बू भाषाको "फुङ्गवा साम्लो" बोलको गीत सार्वजनिक गरेका छन्। दिल सिंह मेयांग्बो (मेनिनम्यांग ) को रचनामा गायक फोम्बोकै सङ्गीतमा तयार भएको गीतमा लिम्बू समुदायको मुन्धुममा वर्णन गरिए अनुरूप विभिन्न फूलहरूलाई मानव जीवनका विभिन्न पक्षहरू सँग प्रतीकको रूपमा वर्णन गरिएको छ।

मुन्धुममा  वर्णन गरिए अनुसार सिल्लरी (धनियाँ ) फुल मानव चोलाको प्रतीकात्मक फूल हो भने बाबरी फुललाई अनिस्त्ठ प्रेतात्माको फूल को रूपमा लिइन्छ। त्यसै गरी पट्पटे फूललाई तन्नेरीहरूको प्रतीक फूलको रूपमा  लिइन्छ।मुन्धुममा यस्तै अन्य अनेकौँ फूलहरूलाई बेग्लाबेग्लै प्रतीकको रूपमा वर्णन गरिएको हुन्छ। तर सबैलाई छोटो गीतमा समेट्न असम्भव भएको कारण केही मुख्य फूलहरूको मात्र यो गीतमा वर्णन गरिएको गायक डिल्ली फोम्बो बताउँछन्।

अपार रेकर्ड्समा रेकर्ड गरिएको गीत सम-समीरको सङ्गीत संयोजनमा तयार भएको हो भने एडम लिम्बूले भिडियो सम्पादन गरेका छन्। भविष्यमा पनि आफ्नो भाषा संस्कृतिको गीतहरु निकाल्दै जाने गायक गायक डिल्ली फोम्बो बताउँछन्।