धरान : गैर आवासीय नेपाली सङ्घले इटहरी अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।
आज इटहरी अस्पतालमा एक कार्यक्रमका बिच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।

इटहरी अस्पतालका मेडिकल सुपरिडेन्ट डा योगेश चेम्जोङ्गले महामारीको यो समयमा एनआरएनएले इटहरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकोमा धन्यवाद दिए ।

इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धनश्याम सिग्देल,प्रेस संयोजक लीलाराज भट्टराई र इटहरी अस्पताल इमरजेन्सी इन्चार्ज रामकुमार धमलाले एउटैबाट दुई जनाको उपचारमा सहयोग पुग्ने कन्सन्ट्रेटरवाट इटहरी अस्पतालको उपचार सेवामा सहयोग पुग्ने बताए ।

एनआरएनएको तर्फबाट कन्सन्ट्रेटर हस्तान्तरण गर्दै एनआरएन कतारका पूर्व सचिव टिन एन बरालले पूर्व क्षेत्रमा आठ वटा अक्सिजन हस्तान्तरण गरिने जानकारी दिए ।