धरान : सामाजिक सञ्जाल टिकटक प्रयोगकर्ता ‘नन क्वीन’ भनेर चर्चित बनेका आमा छोराले सुनसरीको वराहक्षेत्र वडा नं-९ का अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।

धरान-१३ निवासी आमा छोरा भावना राई र बाबु पराजुलीले वराहक्षेत्र स्थित राजावासका ५० परिवारलाई उनीहरूले खाद्यान्न वितरण गरेको हुन् । चामल,दाल,नुन,तेल,न्युटिला र चना लगायतका खाद्यान्न वितरण गरेका हुन् ।

वराहक्षेत्र वडा नं-९ का वडाध्यक्ष दीपक लिम्बु र अन्य वडा सदस्य र समाजसेवीको उपस्थित रहेको थियो । वडाध्यक्ष लिम्बुले खाद्यान्न वितरण गरेकोमा भावनाका परिवारलाई धन्यवाद समेत दिएका थिए ।

भावनाले आफूलाई सकारात्मक टिकटक बनाउन र आफूले सकेको सहयोग गर्ने आफ्ना श्रीमान् निश्चल पराजुलीले निकै सहयोग गर्ने गरेको बताइन् । निश्चल हाल राजश्व कार्यालयका सरकारी कर्मचारी हुन् ।

दर्शकहरूले दुई जनाको अभिनयलाई अत्यधिक मन पराउनुका साथसाथै सकारात्मक टिप्पणीहरु गर्ने गर्नु भएको छ । त्यसैले मैले पनि श्रीमती र छोरालाई अझ प्रभावकारी टिकटक बनाउन हौसला दिने गरेको छु पराजुलीले बताए ।

अहिले टिकटकमा आमा छोराको साढे ९ लाख बढी ‘फलोअर्स’ पुगेका छन् । ‘नन क्वीन’ नाम दिइएको टिकटकमा अहिले ४४.८ मिलियन लाइक र ९२८.७ के फलोअर छन् ।

आमा भावना र उनको छोराले सन्देशमूलक टिकटक बनाउँदै आएको र भावनाले छोराकै भविष्यको लागि सघाउँदै आएकी छिन् । ‘मनोरञ्जन त सबैलाई चाहिन्छ नै तर, अझै भन्नुपर्दा छोराको उज्ज्वल भविष्यको लागि पनि बाबुआमाले नै सघाउँदै आएका छौँ ।’