धरान : धरानको नेशनल  एकेडेमीले यो शैक्षिक सत्रबाट सूचना र प्रविधिलाई पूर्ण रूपमा आफ्नो पठनपाठन तथा कलेज सञ्चालनमा उपयोग गर्ने भएको छ ।

सफ्टवेयर कम्पनी कस्मस इन्भाइटेड इन्टरनेशनल प्रा.लि.को सहकार्यमा नेशनल एकेडेमीले आफ्नो स्कुललाई लाई पूर्ण आइटीमय बनाउन लागेको जनाएको छ ।

जसमा स्कुलका सबै विधार्थीहरुको अनलाइन एकाउन्टिङ, फी पेमेन्ट,आइटी शिक्षण विधि, शिक्षक तथा कर्मचारीहरूको पेरोल, बाओमेट्रिक एटेन्डेन्स प्रणाली, शिक्षणको लागि स्मार्ट इन्टरेक्टिभ बोर्ड तथा अनलाइन जुमिङ कक्षा, कलेजको शिक्षण विधि र प्रशासनिक निगरानीको लागि सि सी क्यामरा कभरेज कक्षा तथा शैक्षिक वातावरण आदि हुने कलेजका सिइओ देव सुब्बाले बताएका छन् ।

कलेजले आइटी हार्डवेयर तथा सफ्टवेयर ल्याब समेत निर्माण गरेको छ । विद्यार्थी तथा अभिभावकहरूलाई आइटीमुखी बनाउन यसै शैक्षिक सत्रबाट अनलाइन फारम भर्न सकिने व्यवस्था पनि कलेजले गरेको छ ।

यसमा विधार्थीहरुलाई प्रोत्साहन गर्न विधार्थीहरुलाई अनलाइन फारम भरेमा रिवार्डको समेत व्यवस्था कलेजले गरेको छ । यसले विश्व कोभिड महामारीबाट विद्यार्थी तथा अविभावकहरु सुरक्षित रहन सहयोग पुग्ने कलेजले जनाएको छ ।

यसले शैक्षिण विधिमा नयाँपन महसुस गराउने र आजको युग अनुसार शिक्षा परिणाम मुखी हुने कलेजका प्रिन्सिपल श्रीसिसा राईको भनाई छ । शिक्षा क्षेत्रमा समयसनुसार परिवर्तन गर्न नयाँ प्रविधि अपनाइएको कलेजका अध्यक्ष सालिकराम राईले बताए ।