धरान : डिपोट स्कुल धरान-१८ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व गोर्खा मेजर श्रवण कुमार लिम्बूको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सँगै लिम्बु धरानको राजनीतिक क्षेत्रमा पनि निकै सक्रिय रहेका थिए भने विभिन्न सामाजिक सङ्घ संस्था, सँग आबद्ध थिए ।

उनको ८३ वर्षको उमेरमा आज बिहान ६ बजे उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालको कोभिड वार्डमा निधन भएको डिपोट स्कुलका प्लस टु संयोजक विरान लिम्बुले जानकारी दिए ।

लिम्बुलाई कोरोना सङ्क्रमण भए पछि १० दिन अघि उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो । लिम्बूको आजै अन्त्येष्टि गरिने पनि जनाइएको छ ।