काठमाण्डौं : गायक निशान भट्टराई र गायिका नित्याशिवाको आवाज रहेको 'साली कस्को भेनाको' गीतको भिडियो सार्वजनिक भएको छ।

शङ्कर अधिकारी घायलको शब्द तथा बाबुल गिरीको सङ्गीतमा गीतमा रहेको छ। प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ। आफ्नी मायालु प्रेमीकाको बहिनी र भिनाजु बिचको प्रेम प्रसङ्गलाई गीतमा व्यक्त गरिएको छ।

ज्ञानेन्द्र शर्माको छायाङ्कन, प्रवीण भट्टको सम्पादन तथा सुबल थापाको नृत्य निर्देशन, सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियो तयार गरिएको छ। गीतको भिडियोमा गम्भीर बिस्ट, गीता ढुङ्गाना, सूर्य नेपाली, श्रेया सिटौला सागर पोख्रेल जिना निरौलाको अभिनय रहेको छ।