धरान : शम्भु राई र मेलिना राईको स्वरमा रहेको 'झिल्के साडी' म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘झिल्के साडी’बोलको गीतमा शब्द तथा सङ्गीत शम्भु राईको रहेको छ। लोक लयको गीतमा रिकेश गुरुङको सङ्गीत संयोजन रहेको छ । श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा नाजीर हुसेन र अनिता गोलेले अभिनय गरेका छन् ।

सूर्य लामाले डिओपी सँगै ड्रोन र सम्पादनको कार्य सम्हालेका छन्। त्रिलोक लामा र राकेशले छायाङ्कन गरेको भिडियोलाई अभि लामाले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियो शम्भु राई श्रद्धा रेकर्डिङ अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

शम्भु राईका दर्जनौँ सुपरहिट गीतहरू छन् । चिठी तिमीलाई, एनी हौ, आँखैमा झलझली जस्ता चर्चित गीत सार्वजनिक गरेका गायक शम्भुका गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् । थुप्रै सफल गीतका सर्जक शम्भु राईका गीतहरूमा मौलिकता भेटिन्छन् ।