इटहरी : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन इटहरी नगर समितिको अबिधेशनले पुण्यप्रसाद सापकोटाको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
इटहरीमा सम्पन्न दोस्रो नगर अधिवेशनले लिटिल फ्लावर इंगलिस स्कुलका सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको नवनिर्वाचित सचिव राजेश कुमार श्रेष्ठले जानकारी दिए ।
समितिको उपाध्यक्षमा शिखर एकेडेमीका सूर्यमणि निरौला, सचिवमा इष्टवेष्ट पोइन्ट इंगलिस स्कुलका राजेश कुमार श्रेष्ठ, सहसचिवमा पूर्वाञ्चल हायर सेकेण्डरी इंगलिस स्कुलका सौधन राई र किड्स ह्याप्पी होम स्कुलकी सञ्चालक रिता भुसाल निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा सुनसरी किण्डर वर्ल्ड स्कुलका हेमन्त भट्टराई, सह-कोषाध्यक्षमा इटहरी नोबेल एकेडेमीका राजेन्द्र श्रेष्ठ, निर्वाचित भएका छन् ।
समितिको सदस्यहरूमा बालबालिका इंगलिस स्कुलका शिव नारायण चौधरी, शान्तिनगर स्कुलका प्रदीप विष्ट, पर्फेक्ट इंगलिस स्कुलका राम कुमार गिरी, डिभाइन लभ स्कुलकी अस्मिना राउत, भेलवेट एकेडेमीका भिक्टर पौडेल, सनराइज बोर्डिङ स्कुलका लक्ष्मी लिम्बू, नर्थ प्वाइन्ट हाइयर सेकेण्डरी इलिग्स स्कुलका राजन दाहाल र हिमाली इंगलिस स्कुलका श्याम माझी निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको पदस्थापन यसै साता गरिने सचिव श्रेष्ठले जानकारी दिए । प्याब्सन इटहरी नगर समितिमा १ सय बढी विद्यालय आबद्ध रहेका छन् ।



































































